
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् र यसलाई समाप्त गर्नुपर्ने बताएका छन्।
- दुई देशबीच युद्धविराम भए पनि भारतले पाकिस्तानको आतंकवादी संरचनालाई ध्वस्त पार्ने आफ्नो रणनीति जारी राख्ने स्पष्ट पारेको छ।
- भारतले आतंकविरुद्ध अपरेशन सिन्दूर मार्फत ठूलो संख्यामा आतंकवादीलाई मारेको दाबी गरेको छ।
२९ वैशाख, काठमाडौं । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् ।
भारतीय समयअनुसार सोमबार बेलुकी ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।
‘हामी आतंककारीको संरक्षक सरकार र आतंककारीको आँखालाई अलग–अलग रुपले हेर्ने छैनौं,’ उनले भने, ‘पाकिस्तानको फौज र पाकिस्तानको सरकारले जुन तरिकाले आतंकवादलाई प्रश्रय दिइरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गर्छ ।’
पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने उनले बताए ।
‘यसबाहेक शान्तिको कुनै बाटो छैन, भारतको मत एकदम स्पष्ट छ: आतंकवाद र संवाद एकसाथ हुँदैन,’ मोदीले भने, ‘आतंकवाद र व्यापार एकसाथ चल्न सक्दैन । पानी र रगत पनि एकसाथ बग्न सक्दैन ।’
युद्धविरामका लागि दुवै पक्ष सहमत भएपछि जनजीवन सामान्य हुँदैछ । विमानस्थलहरू खुलेका छन्, सीमा क्षेत्रमा साइरनका आवाज सुनिँदैनन् । तर, दुई देशबीच पानी बाँड्ने सिन्धु जल सन्धि खारेजीको निर्णयबाट भारत पछि हटेको छैन । यस्तोमा उनले ‘नदी र रगत एकसाथ बग्न नसक्ने’ टिप्पणी गरेका हुन् ।
अमेरिकासहित साउदी अरब, बेलायत लगायतका मुलुकको मध्यस्थतामा शनिबार दुवै मुलुक युद्धविरामका लागि सहमत भएका थिए । भारत र पाकिस्तानबीच युद्धविराम हुन लागेको सूचना समेत सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
उनले भनेका थिए, ‘रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’
‘पाकिस्तानले दुनियाँभर गुहार माग्यो’
भारतीय प्रधानमन्त्री मोदीले भने एकदमै खराब तरिकाले परेपछि पाकिस्तानले बच्ने बाटो खोजेको आरोप लगाएका छन् ।
‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने थियो तर, भारतले पाकिस्तानको छातीमै वार गरिदियो,’ उनले भने, ‘भारतको ड्रोन, मिसाइलले सटिकताका साथ हमला गर्यो । पाकिस्तानी वायु सेनाको एयर वेस ध्वस्त गरिदियो ।’
जे कुरामा पाकिस्तानलाई एकदम घमण्ड थियो, भारतले पहिलो तीन दिनमै ध्वस्त पारिदिएपछि पाकिस्तान बच्ने बोटो खोज्नतिर लागेको उनले जिकिर गरेका छन् ।
‘जे कुराको पाकिस्तानलाई अन्दाज पनि थिएन, त्यो भएपछि पाकिस्तान दुनियाँभरमा तनाव कम गर्न गुहार माग्नतिर लागेको थियो,’ उनले भने, ‘रक्षात्मक स्थितिमा शनिबार भारतीय सेनाको डीजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) लाई पाकिस्तानले सम्पर्क गरेको थियो ।’
त्यसक्रममा पाकिस्तानका तर्फबाट अगाडि कुनै आतंकवादी गतिविधि अथवा सैन्य दुस्साहस हुँदैन भनेपछि भारतले त्यसमाथि विचार गरेको मोदीले बताएका छन् ।
‘म फेरि दोहोर्याउँछु – पाकिस्तानको आतंककारी र सैन्य ठेगानामा हाम्रो जवाफी कारबाही स्थगित भएको मात्र हो,’ उनले अगाडि भने, ‘आगामी दिनमा पाकिस्तानको हरेक कदमको आधारमा नाप्छौं, ऊ के रवैया अपनाउँछ, त्यसको आधारमा अघि बढ्छौं ।’
‘आणविक हतियारको ब्ल्याकमेल सहिन्न’
पाकिस्तानले डीजीएमओमा सम्पर्क गर्नुअघि भारतीय सेनाले आतंकवादको संरचनाको ठूलो रूपमा ध्वस्त पारिसकेको भन्दै मोदीले भनेका छन्, ‘पाकिस्तानले छातीमा बसाएको आतंकको अड्डालाई खण्डहर बनाइसकेका थियौं ।’
भारत प्रशासित जम्मु–कश्मिरमा १० वैशाखमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाइ आक्रमण गरेको थियो ।
त्यो आक्रमणमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको दाबी गर्दै मोदीले भनेका छन्, ‘अपरेशन सिन्दूरका क्रममा दुनियाँले फेरि पाकिस्तानको घिनलाग्दो सत्यता देखेको छ ।’
उनले भारतले हवाइ कारबाहीमा मारेका आतंककारीको अन्तिम विदाइ गर्न पाकिस्तानी सेनाका ठूला–ठूला अधिकारीहरू पुगेको भन्दै त्यो राज्य संरक्षित आतंकवादको सबैभन्दा ठूलो प्रमाण भएको बताए ।
‘हामी भारत र आफ्नो नागरिकलाई कुनै पनि खतराबाट बचाउन लगातार निर्णायक कदम उठाइरहन्छौं, युद्धको मैदानमा हामीले हरेक पटक पाकिस्तानलाई हराएका छौं,’ उनले अगाडि भने, ‘यसपटक अपरेशन सिन्दूरले नयाँ आयाम दिएको छ, हामीले रेगिस्तान र पहाडमा क्षमताको शानदार प्रदर्शन गरेका छौं ।’
नयाँ दुनियाँको वारफेरमा भारतले श्रेष्ठता देखाएको भन्दै उनले यो अपरेशनका क्रममा भारतमा उत्पादित हतियारको प्रयोग भएको समेत उनले बताए । ‘नयाँ दुनियाँको वारफेरमा पनि यसले श्रेष्ठता प्रस्तुत गर्यो,’ मोदीले थपे ।
भारतको तीनवटै सेना, सीमा सुरक्षा र अर्धसन्य बल निरन्तर अलर्टमा रहेको भन्दै उनले सर्जिकल स्टाइक, एयर स्टाइकपछि अब अपरेशन सिन्दूर आतंकविरुद्ध भारतको नीति बनेको उनले बताए ।
यो अपरेशनले आतंकवादविरुद्ध भारतको लडाईंमा नयाँ मानक तय गरेको भन्दै भारतमाथि आतंककारी हमला भयो भने आफ्नो तरिकाले मुखभरिको जवाफ दिइने उनले चेतावनी दिएका छन् । ‘हामीले त्यो जग्गामा गएर कठोर कारबाही गर्छौं, जहाँबाट आतंकको जरा निस्किन्छ,’ उनले भने ।
दुई आणविक हतियार भएको राष्ट्र आमनेसामने हुँदा त्यसले पर्नसक्ने असर ठूलो हुने भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेका थिए । तर, भारतले भने पाकिस्तानले आणविक हतियारको आडमा ब्ल्याकमेल गरेको आरोप लगायो ।
‘कुनै पनि आणविक ब्ल्याकमेल भारत सहँदैन, आणविक ब्ल्याकमेलको आडमा बसेको आतंककारी ठेगानामा भारत सटिक र निर्णायक प्रहार गर्छ,’ प्रधानमन्त्री मोदीले भने ।
‘धर्म सोधेर भएको क्रुर हत्याको कडा जवाफ दियौं’
भारत प्रशासित जम्मु–कश्मिरको पहलगाममा विदा मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर क्रुर हत्या गरिएको भन्दै ती आतंककारीलाई कडा जवाफ दिइएको पनि बताएका छन् ।
यो हमलापछि सिंगो देश, नागरिक समाज, राजनीतिक दल एकस्वरमा आतंकको विरुद्धमा कडा कारबाहीका लागि उठेको भन्दै मोदीले भने, ‘त्यसपछि हामीले आतंकवादलाई माटोमा मिलाउन भारतको सेनालाई जिम्मा दिएका थियौं ।’
त्यसक्रममा हरेक आतंककारी संगठनलाई ‘आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दूर हटाउनुको नतिजा के हुन्छ भन्ने सन्देश’ पुगेको उनले बताए ।

‘अपरेशन सिन्दूर नाम मात्र होइन, देशको सयौं मान्छेको भावनाको प्रतिबिम्ब पनि हो,’ उनले भने, ‘अपरेशन सिन्दूर न्यायको अखण्ड प्रतीज्ञा हो । ६ मेको राति ७ मेको बिहान पूरा दुनियाँले यो प्रतीज्ञाको परिणाममा बदलिएको देख्यो ।’
त्यसदिन भारतीय सेनाले पाकिस्तानको आतंककारी ठेगानामा उनीहरूको तालिम केन्द्रलाई लक्षित गरेर सटिक प्रहार गरेको बताए । त्यो आक्रमणमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको भन्दै उनले आतंकको हेडक्वार्टरलाई उजाड गरिदिएको बताए ।
‘आतंककारी खुलेआम पाकिस्तानमा घुमिरहेको अवस्थामा त्यहाँ जवाफ दिइएको हो, एक झट्कामा खत्तम गरिएको थियो,’ उनले भने, ‘भारतको जवाफबाट पाकिस्तान एकदम निरासा र हतासमा अर्को दुस्साहस गर्यो ।’
पाकिस्तानमा भारतको हमलापछि इस्लामावादले पनि जवाफी कारबाही गरेको थियो ।
प्रतिक्रिया 4