
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई हरित ऊर्जा परियोजनाका लागि ७ वर्षे ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त भयो।
- यस ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ र ५ अर्ब रुपैयाँ बराबरको जारी हुनेछ।
- यसले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गर्ने परियोजनामा लगानी गरिनेछ।
३० वैशाख, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई नेपाल धितोपत्र बोर्डले हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ ।
सात वर्षे अवधिको यो ऋणपत्रको ब्याजदर ६ प्रतिशत छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्नेछ । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ ।
अंकित मूल्य १ हजारका दरले कम्पनीले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यसमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत/२०८८/८९’नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकमास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।
‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनीकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त ऋणपत्रलाई अनुमति प्रदान गरिएको छ’ बोर्डले एक सूचनामार्फत भनेको छ।
प्रतिक्रिया 4