
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको मखन टोलमा लागेको आगो दमकल र सुरक्षाकर्मीको प्रयासले नियन्त्रणमा आएको छ।
- आगलागीमा एक महिलाको मृत्यु भएको छ र घटनाको कारण ग्यास लिक भएको हुन सक्ने प्रहरीको अनुमान छ।
- आगलागीले घरहरूलाई क्षति पुर्याएको छ र थप जाँच भइरहेको छ।
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।
आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4