+
+
Shares

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराबाट तीन जना व्यक्तिहरूलाई यौन व्यवसाय सञ्चालनको आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरीले रेष्टुरेन्टबाट पाँच महिलालाई उद्धार गरेको छ ।
  • पक्राउ परेकाहरूमाथि कास्की जिल्ला अदालतबाट म्याद लिएर मानव बेचबिखनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

१ जेठ, काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् ।

रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?