+
+
Shares

सर्वोच्चले भन्यो : जनमतका निलम्बित नेता यादवको पक्राउ कानुन सम्मत

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा छन् । न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार खारेज गर्न आदेश दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
  • यादवलाई पक्राउ गरी थुनामा राखिएको थियो र उनीविरुद्ध ठगी तथा विश्वासघातको जाहेरी दर्ता भएको थियो ।
  • जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

३१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टीको निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

यादव पत्नी ललिताकुमारी यादवले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । आफ्ना पति गैरकानुनी थुनामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुर र जनमतका प्रवक्ता डा. शरदसिंह यादवलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा छन् । न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार खारेज गर्न आदेश दिएका हुन् ।

ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो ।

ललितपुर जिल्ला अदालतबाट यादवविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई ७ वैशाखमा पक्राउ गरेको थियो ।

जनमतको पार्टी कार्यालय सञ्चालनका लागि खरिद गरिएको काठमाडौंको घर श्रीमतीको नाममा गराएपछि उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात जाहेरी दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?