
News Summary
Generated by OK AI. Editorially reviewed.- आमिर खानको नयाँ फिल्म ‘सितारे जमीन पर’ को ट्रेलर सार्वजनिक भएको छ, जसले दर्शकलाई हाँस्य र भावना दुवै प्रदान गर्दछ।
- फिल्म ‘च्याम्पियन्स’ को रिमेक हो र यसमा अपाङ्गता भएका बालबालिकालाई मुख्य भूमिका दिइएको छ, जसले समावेशीता प्रवर्द्धन गर्दछ।
- आमिर खानले लामो समयपछि २०२५ मा नयाँ फिल्म लिएर फर्कदैछन् र यसपछि उनी एक्सन फिल्ममा पनि काम गर्ने योजना बनाएका छन्।
मुम्बई । आमिर खानको फिल्म ‘सितारे जमीन पर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रमाइलो, मर्मस्पर्शी र सन्देशमूलक छ । आमिर आफ्नो उत्कृष्ट अभिनयले फेरि एक पटक दर्शकको मन जित्न तयार छन् ।
फिल्ममा बास्केटबल प्रशिक्षक आमिर र अपांगता भएका बालबालिकाको टोलीको कथा छ । ट्रेलरका धेरै दृश्यले दर्शकलाई एकैसाथ हाँस्य र भावना प्रवाह गरेका छन् ।
आरएस प्रसन्नद्वारा निर्देशित यो फिल्म सन् २०१८ मा रिलिज भएको स्पेनी फिल्म ‘च्याम्पियन्स’को रिमेक हो । फिल्ममा आमिर र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन् भने यसमा १५० जना अपांगता भएका बालबालिकाले अभिनय गरेका छन् ।
छायांकन फेब्रुअरी २०२४ मा सुरु भएको थियो । अन्तिम गीत अप्रिलमा छायांकन गरिएको थियो । फिल्म बनाउन धेरै समय लाग्यो, किनभने छायांकन सकिएपछि, पहिलो सम्पादन पूरा हुँदा, धेरै दृश्य परिवर्तन गरिए । सम्पादन टेबलमा आमिर आफैं उपस्थित थिए ।
‘च्याम्पियन्स’को यो आधिकारिक रिमेकको कथा दिव्यानिधि शर्माले लेखेकी हुन् । विशेष कुरा के छ भने यसमा अपाङ्गता भएका बालबालिकालाई कास्ट गरिएको छ । यसका लागि आमिर र निर्माताले देशभर अडिसन लिएका थिए । फिल्मको लागि छनोट भएका बालबालिकालाई बास्केटबल प्रशिक्षण दिइएको छ ।
सन् २०२२ मा ‘लालसिंह चङ्ढा’ बक्स अफिसमा असफल भएपछि आमिरले कामबाट ब्रेक लिएका थिए । तीन वर्षको लामो प्रतीक्षा पछि, उनी जुन २०, २०२५ मा ’सितार जमीन पर’ लिएर फर्कदैछन् । यो फिल्म रिलिज भएपछि आमिरको अर्को प्रोजेक्ट एक्सन फिल्म हुने पनि बताइएको छ ।
प्रतिक्रिया 4