+
+
Shares

काठमाडौं महानगर उपप्रमुखबाट आगलागीस्थलको अवलोकन, ग्यास कम्पनीको अनुगमन गर्ने

काठमाडौं महानगरपालिका–२४ मखनटोलमा बुधबार आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले ग्यास कम्पनीहरूको अनुगमन गर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन्।
  • आगलागी ग्यास चुहिएर भएको प्रारम्भिक अनुमान गरिएको छ र यसलाई मध्यनजर गर्दै अनुगमन बढाउने योजना बनाइएको छ।
  • आगलागीमा एक महिलाको मृत्यु भएको र धेरै घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।

बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एकजनाको मृत्युसमेत भएको छ ।

क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।

ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौं ।’

डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिइन् ।

बुधबार आगलागीमा परेर श्रेष्ठको चारतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही घरमा एक महिलाको मृत्यु भएको हो । दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर र सँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको काठमाडौं-२४ वडाध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?