
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य सेवा विभागले कर्मचारीको पेस्कीमार्फत कार्यक्रम खर्च गरेको तथ्य सार्वजनिक भएको छ।
- विभागले आफ्नै कार्यालय नभएको भए पनि तालिम, गोष्ठी र सेमिनार जस्ता कार्यक्रम सञ्चालन गरेको देखिन्छ।
३१ वैशाख, काठमाडौं । स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०८०–८१ मा कार्यक्रम खर्च शीर्षक अन्तर्गत अधिकांश रकम कर्मचारीले पेस्की लिएर खर्च गरेको तथ्य सार्वजनिक भएको छ ।
विभागले कूल बजेट ८ अर्ब ४५ करोड ६१ लाख ६ हजारमध्ये २५० क्रियाकलापमा २८ करोड ७१ लाख खर्च गरेको जनाएको छ ।
विशेषगरी तालिम, गोष्ठी र सेमिनार जस्ता कार्यक्रममा अधिंकाश रकम कर्मचारीले पेस्की लिई खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ ।
विभाग मातहत कुनै कार्यालय नै नरहेको अवस्थामा पनि विभाग आफैंले यस्ता कार्यक्रम सञ्चालन गरेको देखिन्छ ।
यस्ता कार्यक्रमहरू संघीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभागले आफैं सञ्चालन गरेर स्रोतको समुचित प्रयोगमा प्रश्न उठेको छ । पेस्की लिने र खर्च गर्ने यस प्रवृत्तिमा पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिक्रिया 4