
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १६ वटा उद्योग तथा फर्मको अनुगमन गरी दुई उद्योगलाई ४ लाख १० हजार रुपैयाँ जरिबाना तोकेको छ।
- सुज स्टोर र रेज बिजनेस प्रालिलाई गुणस्तर र नापतौल हेरफेर गरेको आरोपमा २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ।
- अनुगमन क्रममा सिफल स्कुललाई सम्बन्धित कागजात ल्याएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
३१ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ उद्योग तथा फर्मलाई ४ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले बुधबार १६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२२ स्थित सुज स्टोर र रेज बिजनेस प्रालिलाई समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
ती जुत्ता चप्पल उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–७ को सिफल स्कुलमा पनि अनुगमन गरेको छ । उक्त स्कुललाई विद्यालयसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4