+
+
Shares

ह्वात्तै घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली लसुनको बजार मूल्य घटेको छ र आज थोक मूल्य प्रतिकिलो १ सय ९० रुपैयाँ पुगेको छ।
  • चिनियाँ लसुनको मूल्य स्थिर रहेको छ र यसको मूल्य प्रतिकिलो २ सय ७६ रुपैयाँ छ।
  • नेपाली लसुनको मूल्यमा आएको गिरावटले बजारमा मूल्य घट्ने संकेत गरेको छ।

१ जेठ, काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो १ सय ९० रुपैयाँ कायम छ ।

तर, चिनियाँ लसुनको भाउ भने आज यथावत् छ । चिनियाँ लसुन प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चिनियाँ लसुनको भाउ किलोमा ३४ रुपैयाँ घटेको थियो । एक साताअघि थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?