+
+
Shares

गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको इतिहास लेखियो : गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रूप भएको टिप्पणी गरेकी छन्।
  • उनले गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको पतन भएको र यसलाई इतिहासले धिक्कार गर्ने बताइन् ।
  • गौतमले सरकारलाई आफ्नो कदम सच्याउन र शक्तिको दुरुपयोगबाट बच्न आग्रह गरेकी छन्।

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधनको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रुप रहेको टिप्पणी गरेकी छिन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहोर्‍याउँदै उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् ।

यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने उनले बताइन् ।

‘सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो,’ सांसद गौतमले भनिन्, ‘इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’

उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् ।

‘सर्वपक्षीय आलोचना भए तापनि सरकार गाडी नम्बर ४२० आफ्नै रफ्तारमा चलिरहन्छ भनेझैँ बेप्रवाह दौडिरहेको छ,’ सांसद गौतमले भनिन्, ‘अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता कहिँ बाकीं छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् ।’

सांसद गौतमले पछिल्लो समय दैनिकजसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रुपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिइ अभियोगपत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

शक्तिको दुरुपयोग आफैंमा संविधानविपरीतको कार्य भएको बताउँदै उनले सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?