
News Summary
Generated by OK AI. Editorially reviewed.- भारत सरकारले सामाजिक सञ्जाल एक्समा चीनको सरकारी अखबार र समाचार एजेन्सीलाई ब्लक गरेको छ किनभने ती संस्थाहरुले पाकिस्तानको पक्षमा प्रचार गरेको र भ्रामक सूचना फैलाएको आरोप लागेको छ।
- यस कदमले भारतमा प्रेस स्वतन्त्रता पक्षधरहरुले विरोध जनाएका छन् भने चीनमा पहिले नै सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध लागेको छ।
- भारत र पाकिस्तानबीच पछिल्लो समयमा तनाव र विवादको खबरहरु सार्वजनिक भएका छन् र भारत–चीन सीमा क्षेत्रमा पनि विवाद र झडपहरु भइरहेका छन्।
१ जेठ, काठमाडौं । भारत सरकारले चीनको सरकारी अखबार द ग्लोबल टाइम्स र सामाचार एजेन्सी सिन्ह्वाको सामाजिक सञ्जाल एक्सको एकाउन्ट ब्लक गरेको छ ।
ती समाचार संस्थाहरुले पाकिस्तानी प्रोपागान्डा र भ्रामक सूचना फैलाएको भन्दै बुधबार एक्स एकाउन्ट ब्लक गरिएको बेलायती समाचार संस्था द गार्डियनले जनाएको छ ।
भारत सरकारको सिफारिसमा एक्सले टर्कीको टीआरटी वर्ल्डको एकाउन्ट पनि ब्लक भएको छ । दुवै मुलुक भारत–पाकिस्तान तनावमा पाकिस्तानको पक्षमा उभिएका थिए । पाकिस्तानले चीनबाट हतियार समेत खरिद गर्दै आएको छ ।
भारतले गत साता पनि सयौं सामाजिक सञ्जाल एकाउन्टरलाई ब्लक गरेको थियो । भारतको द वायर नामक अनलाइनलाई समेत एक समाचारको विषयलाई लिएर ब्लक गरिएको थियो । यद्यपि, अहिले द वायरमाथिको प्रतिबन्ध हटिसकेको छ ।
प्रेस स्वतन्त्रता पक्षधरहरुले भारतमा यो कदमको विरोध जनाएका छन् । चीनमा भने पहिल्यैदेखि सामाजिक सञ्जाल एक्समा प्रतिबन्ध छ ।
भारत र पाकिस्तानले पछिल्लो तनावबारे फरक–फरक सूचना सार्वजनिक गरेका थिए । पछिल्लो हप्ता ग्लोबल टाइम्सले ‘पाकिस्तानले भारतीय लडाकु विमान खसालेको’ रिपोर्ट प्रकाशित गरेको थियो । त्यसलाई मिथ्या सूचना भन्दै बेइजिङस्थित भारतीय दूतावासले खण्डन गरेको थियो ।
विश्वका सबैभन्दा बढी जनसंख्या भएका मुलुकमध्येमा पर्ने भारत र चीनबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध छ ।
भारत–चीन सीमामा बेलाबेला विवाद र सैनिक झडपहरु पनि हुने गरेका छन् । सन् २०२० मा दुवै देशका सैनिकहरुबीच भएको झण्डपमा दुवै मुलुकका केही सैनिक अधिकारीहरु मारिएका थिए ।
प्रतिक्रिया 4