+
+
Shares

सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु

आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ।
  • पर्यटन विभागका अनुसार आराम गरेर बसिरहेको अवस्थामा आरोहीको मृत्यु भएको हो ।
  • मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याइने तयारी भइरहेको छ ।

१ जेठ, काठमाडौं । सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको छ ।

उनी सकुशल चौथो शिविर पुगेका थिए । आराम गरेर बसेको अवस्थामा उनको मृत्यु भएको जानकारी आरोहण दलका सदस्यले आज जानकारी गराएका थिए । मृत शरीर आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याउने काम भइरहेको समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?