+
+
Shares

‘रामप्यारी’मा रोमान्टिक दीपाश्री र यम बराल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यम बरालको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ जसमा उनले दीपाश्री निरौलासँग मुख्य भूमिका निर्वाह गरेका छन्।
  • भिडियो प्रेम लामाले निर्देशन गरेका हुन् र यसमा प्रेम र मनोरञ्जनको मिश्रण छ।
  • गीतको संगीत शंकर थापाको, शब्द डीपी खनालको र भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

काठमाडौँ । यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ ।

भिडियोमा गायक बराल र दीपाश्री निरौलाको मुख्य भूमिका छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।

प्रेम र मनोरञ्जनको मिश्रण गरेर भिडियो कम्पोज गरिएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज छ ।

भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?