+
+
Shares

रवीन्द्र मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइयो, सुनुवाइ भोलि

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई प्रहरीले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि सर्वोच्च लगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ।
  • उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा अदालत ल्याइएको हो।
  • मिश्रलाई हतकडीबिना अदालतमा ल्याइएको थियो र यस मुद्दाको सुनुवाइ भोलि हुने तय भएको छ।

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराएर फर्काइएको छ ।

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालत लगिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई प्रहरीले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि सर्वोच्च लगेको हो ।

पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै अदालत उपस्थित गराउन भनेको थियो ।

सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो । उक्त रिट निवेदनउपर भोलि शुक्रबार) सुनुवाइ हुने भएको छ ।

मिश्रलाई हतकडीबिनै सर्वोच्च परिसर लगिएको थियो । यसअघि तीनकुने घटनामा म्याद थपका लागि जिल्ला अदालत लैजाँदा भने उनलाई हतकडीसहित अदालत परिसरमा लाने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?