+
+
Shares

कैलाली सहजपुरको खानेपानी समस्या समाधान गर्ने प्रचण्डको प्रतिबद्धता

उनले भनेका छन्, ‘खानेपानी र तटबन्धको मुख्य समस्या हो भन्ने बुझियो । यो विषयमा संघबाट के गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता जनाउँदछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले कैलालीको सहजपुरमा खानेपानी समस्या समाधान गर्न प्रतिबद्धता व्यक्त गरे ।
  • माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गको जनजागरण अभियान सुरु गर्दैछ, जसमा विभिन्न जिल्लामा जनसभा र संवाद आयोजना हुनेछ।
  • अभियानको उद्देश्य स्थानीय समस्याहरू समाधान गर्न र माओवादीको लोकप्रियता बढाउने हो ।

१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलाली चुरे गाउँपालिकास्थित सहजपुरको खानेपानी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मध्यपहाडी लोकमार्गको अभियान सुरुवातको पूर्वसन्ध्यामा बिहीबार कैलालीको चुरे गाउँपालिका सहजपुर पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘खानेपानी र तटबन्धको मुख्य समस्या हो भन्ने बुझियो । यो विषयमा संघबाट के गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता जनाउँदछु ।’

शुक्रबारट माओवाद केन्द्रको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग जनजागरण अभियान सुरु हुँदैछ ।

अभियान बैतडीबाट सुरु हुँदैछ ।

अभियानका क्रममा लोकमार्गमा परेका प्रत्येक प्रदेशमा १/१ वटा जनसभा गर्ने कार्यक्रम छ । प्रत्येक जिल्लाहरूमा १/१ अन्तरसंवाद वा त्यस्तै प्रकृतिका अन्य कार्यक्रम आयोजना गर्ने माओवादीले जनाएको छ ।

शुक्रबार बैतडीको पाटनमा अभियानको उद्घाटन हुनेछ । भोलि नै डोटीको दिपायलमा कार्यक्रम पनि हुनेछ । ३ जेठमा अछामको मंगलसेनमा र ४ जेठमा दैलेखको सदरमुकाममा जनसभा हुनेछ ।

यसैगरी ५ जेठमा जाजरकोट खलंगामा, ६ जेठमा पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ ।

यसैगरी ७ जेठमा पूर्वी रुकुमको रुकुमकोट र रोल्पाको थवाङमा, ८ जेठमा बागलुङमा, ९ जेठमा पर्वतको कुश्मामा र १० जेठमा कास्कीको पोखरामा जनसभा हुनेछ । बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिने माओवादीले जनाएको छ ।

यसअघि माओवादीले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ सञ्चालन गरेको थियो ।

अभियान सफल भएको उल्लेख गर्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पनि सफल हुने विश्वास व्यक्त गरे ।

यो अभियानको सुरुवातको पूर्वसन्ध्यामा बिहीबार प्रचण्ड कैलालीको चुरे गाउँपालिका सहजपुर पुगेका हुन् । सो क्रममा अध्यक्ष प्रचण्डले सहजपुरको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?