+
+
Shares

सरकारले मुखले होइन, कामले जवाफ देओस् : वर्षमान पुन

प्रतिनिधिसभामा बिहीबार आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षमान पुनले सत्तापक्ष र प्रतिपक्षबीचको व्यवहारमा सुधारको आवश्यकता औंल्याएका छन् र लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
  • उनीले सरकार र प्रतिपक्षबीचको संवाद र जिम्मेवारीको भावना विकास गर्न आग्रह गरेका छन्, जसले लोकतान्त्रिक प्रक्रिया बलियो बनाउनेछ।
  • पुनले सत्तापक्षले काम गरे नभएर मुख चलाउने प्रवृत्तिलाई नकार्दै, रचनात्मक आलोचनालाई लोकतन्त्रको आधार मान्नुपर्ने बताएका छन्।

१ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरू प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभामा बिहीबार आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे ।

काम गर्छु भनेर जिम्मेवारी लिएको सत्तापक्षले काम गर्ने र प्रतिपक्षले खबरदारी गर्नुलाई लोकतान्त्रिक प्रक्रियाका रूपमा स्वीकार गर्न उनले आग्रह गरे । सरकारले राम्रो काम गरे वा प्रतिपक्षले गर्ने रचनात्मक खबरदारी र जनताले सडकबाट उठाएका आवाज सम्बोधन गरे सरकारको वाहवाही हुने पुनको भनाइ छ ।

सरकारमा बसेकाहरूले मुख बढी चलाउने गरेको टिप्पणी गर्दै उनले भने, ‘प्रतिपक्षको काम खबरदारी गर्ने हो । सत्तापक्षले काम गरेर जवाफ दिने हो । यो ढंगले जानुभन्दा प्रतिपक्षले प्रश्न उठायो भनेर मुख धेरै चलाउने, खण्डन गर्ने होइन । प्रतिपक्ष या जनताको खण्डन गरेर लोकतन्त्र बलियो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?