
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघ एसिया र प्रशान्त क्षेत्रीय आयोगबीच द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको छ।
- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारिले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि यूएनइस्क्यापले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
- अदिसजमानाले नेपालले संयुक्त राष्ट्रसंघमा गरेको भूमिका र जलवायु परिवर्तन लगायत विषयमा सहकार्य निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
१ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र संयुक्त राष्ट्रसंघ एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनइस्क्याप) कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघ उपमहासचिव अर्मिडा सेल्सिया अदिसजमानाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यका विभिन्न आयाममा छलफल भएको छ ।
भेटमा आयोग उपाध्यक्ष अधिकारीले एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि यूएनइस्क्यापले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
उनले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि देखिएको वित्तीय न्यूनता पूर्ति गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य विस्तार गर्नेतर्फ सहजीकरणका लागि अनुरोध गरे ।
नेपालको अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति, जलवायु परिवर्तन सम्बद्ध मुद्दा लगायत विषयमा थप सहकार्य विस्तार गर्ने सम्बन्धमा जोड दिए ।
भेटमा यूएनइस्क्यापका कार्यकारी निर्देशक अदिसजमानाले नेपालले अतिकम विकसित मुलुकको संयोजक र ग्रुप अफ ७७ को सदस्यका रूपमा संयुक्त राष्ट्रसंघमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।
उनले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, जलवायु परिवर्तन, व्यापार तथा पारवहन, तथ्यांक प्रणालीमा सुधार लगायत विविध आयाममा हुँदै आएको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको प्रभावका सम्बन्धमा विमर्श गर्न आयोजना गरिएको सगरमाथा संवादमा सहभागी हुन कार्यकारी निर्देशक आजै नेपाल आएकी हुन् ।
प्रतिक्रिया 4