+

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपाल हेरिटेज रन हुने

२०८२ जेठ  २ गते १२:३२ २०८२ जेठ २ गते १२:३२
एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपाल हेरिटेज रन हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल हेरिटेज रन पहिलो पटक आयोजना हुँदैछ जसले ऐतिहासिक स्थलहरु जोड्नेछ।
  • यस दौडमा २५ किमी र ५ किमी दुरीका दौडहरू समावेश छन् र दर्ता खुला भएको छ।
  • अन्तर्राष्ट्रिय सम्मेलन र म्याराथनले दक्षिण एसियामा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।

२ जेठ, काठमाडौं । यही जेठ २४ गते शनिबार काठमाडौं र ललितपुरका ऐतिहासिक स्थलहरु जोड्दै नेपाल हेरिटेज रन हुने भएको छ। रेस नेपालले यो दौड विश्व म्याराथन संस्था एम्सको बोर्ड बैठक र अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा आयोजना गर्न लागेको हो।

यो पहिलो पटक नेपालमा हुन लागेको हेरिटेज रनमा २५ किमी दौड हुनेछ, जसको रुट दशरथ रंगशालाबाट सुरु भई काठमाडौं दरबार स्क्वायर, पशुपतिनाथ, पाटन दरबार स्क्वायर हुँदै पुनः रंगशालामा समाप्त हुनेछ। साथै, विद्यालय विद्यार्थी र भेट्रानका लागि ५ किमी दौड पनि राखिएको छ।

दर्ता खुला भइसकेको र नगद पुरस्कार चाँडै घोषणा गरिने आयोजकले जनाएको छ। नेपाल एथ्लेटिक्स परिवार सहआयोजक रहनेछ भने राजन खत्रीलाई संयोजक तोकिएको छ।

एम्सको बोर्ड बैठक जेठ २१-२२ गते ललितपुरमा हुने छ भने जेठ २३ गते नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुनेछ। यो कन्फ्रेन्स दक्षिण एसियामा पहिलो पटक नेपालमा हुन लागेको हो।

कन्फ्रेन्समा खेलकुद, शिक्षा, पर्यटन, जलवायु र सामाजिक परिघटनासँग सम्बन्धित चार सत्र हुनेछन्। भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर पाको बोराओ लगायत अन्तर्राष्ट्रिय विशेषज्ञले प्रस्तुती दिनेछन्।

करीब दुई दर्जन देशका प्रतिनिधि सहभागी हुने र नेपालमा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

नेपाल हेरिटेज रन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय