
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- निगुरोको मूल्य बजारमा घटिरहेको छ, अहिले थोक मूल्य प्रति किलोग्राम २५ देखि ३० रुपैयाँ रहेको छ।
- अघिल्लो महिनामा निगुरोको मूल्य ४० देखि ५० रुपैयाँ थियो र चैतमा यसको मूल्य अझ उच्च थियो।
- मूल्य घट्ने कारण बजारमा निगुरोको आपूर्ति बढ्न सक्ने सम्भावना रहेको छ।
२ जेठ, काडमाडौं । स्थानीय बजारमा निगुरोको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले पछिल्लो समय निगुरोको मूल्यमा गिरावट आएको देखाएको हो ।
आज शुक्रबार कालीमाटी बजारमा निगुरोको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३० देखि औसतमा २५ रुपैयाँ कायम छ ।
वैशाख अन्तिम साता कालीमाटी बजारमा निगुरो प्रतिकिलो ४० देखि ५० रुपैयाँमा किनबेच भएको थियो ।
बजारमा निगुरो २०८१ चैत पहिलो सातादेखि आउन थालेको थियो । चैतमा निगुरोको मूल्य थोकमा किलोको ८० देखि ९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4