+
+
Shares

भारतीय मिडियामा आफ्नो फोटो आएपछि दीपाश्री : दुरुपयोग गरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय मिडियाले नेपाली मोडल अञ्जना लामाको मृत्युसँग सम्बन्धित समाचारलाई फरक तरिकाले कभर गरिरहेको छ।
  • नेपाली कलाकार दीपाश्री निरौलाले आफ्नो तस्वीर गलत तरिकाले प्रयोग भएको भन्दै भ्रम फैलिएको स्पष्ट पारेकी छन्।
  • दीपाश्रीले उक्त फोटोलाई भारतीय मिडियाले दुरुपयोग गरेको र आफ्नो कुनै सम्बन्ध नभएको बताइन्।

काठमाडौं । अहिले केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या गरिएको भनिएकी नेपाली मोडल अञ्जना लामाबारेको समाचार आइरहेको छ । केही भारतीय मिडियाले यो घटनाबारे आफ्नै तरिकाले समाचार कभरेज गरिरहेका छन् ।

दैनिक भाष्करले अन्जना मृत भेटिएको केही वर्षअघिको उक्त घटनाबारे लेखेको छ । यो समाचारले भने नेपाली कलाकार दीपाश्री निरौलालाई हैरानी दिएको छ । उक्त न्यूजभित्र दीपाश्रीको एक तस्वीर प्रयोग भएको छ जहाँ उनलाई अञ्जनाकी जेठानीको रुपमा एक पुरुषसँग देखाइएको छ ।

यो फोटोको प्रमाणिकताबारे अनलाइनखबरले दीपाश्रीसँग सोधेको थियो । जवाफमा उनले यो तस्वीरलाई गलतरुपमा प्रयोग गरेर भ्रम फैलाइएको बताइन् । ‘यो फोटोलाई गलतरुपमा प्रयोग गरिएको छ । यससँग मेरो लेनादेना छैन’ उनले भनिन्, ‘यो भ्रममा नपर्न म आग्रह गर्छु ।’

दीपाश्री निकट अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा ३’को प्रचारप्रसारको समयमा फ्यानसँग उक्त फोटो खिचिएको र त्यसलाई भारतीय मिडियाले दुरुपयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?