+
+
Shares

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली र भारतका वातावरण मन्त्री भुपेन्द्र यादवबीच भेट भएको थियो।
  • भेटमा सगरमाथाको सुरक्षा र क्षेत्रीय वातावरणीय सम्मेलन आयोजना गर्न सहमति भएको थियो।
  • नेपाल र भारतले हिमाल र वातावरण संरक्षणका लागि मिलेर काम गर्ने प्रस्ताव गरेका छन्।

काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा मन्त्री यादवले नेपालमा सगरमाथा संवाद कार्यक्रमका लागि आमन्त्रण गरेकामा धन्यवाद दिँदै सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिए । उनले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बंगलादेशलगायत मुलक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गरे ।

भेटका अवसरमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?