
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘के घर के डेरा : घर नं २’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ र यसको लोकप्रियता बढ्दै गएको छ।
- निर्देशक दीपेन्द्र के खनालले फिल्मको कथावस्तु र दर्शकको प्रतिक्रिया नै यसको मुख्य बलियो पक्ष भएको बताएका छन्।
- फिल्मले राम्रो प्रचार र दर्शकको समर्थनको माध्यमबाट देशव्यापी प्रदर्शन सुरु गरेको छ।
काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नं २’ले राम्रो दर्शकीय प्रतिक्रिया पाउन थालेको निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनालले हेर्ने जति दर्शकले फिल्म राम्रो बनेको बताएको जनाए ।
‘बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ’ उनले भने, ‘वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ ।’
कसरी जिन्दगी जिउने भन्ने कथावस्तुमा फिल्म बनेको र त्यो नै यसको बलियो पाटो रहेको उनको भनाई छ । ‘यो पक्षलाई नै दर्शकले फिल्मको सबैभन्दा राम्रो पक्ष भनेका छन्’ उनले भने ।
प्रिमियरसँगै नियमित शोमा पनि दर्शकले फिल्मलाई रुचाएको उनको भनाई छ । ‘हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो’ निर्देशक खनालले भने, ‘हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ । दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ ।’
उनले अघि भने, ‘हाम्रो कर्तव्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ । अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।’
प्रिमियरमा २०० सर्वसाधारणलाई फिल्म हेराइएको थियो । यसरी हेर्ने दर्शकले फिल्मको प्रशंसा गरेका थिए । यो मल्टिस्टारर फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म सुखद शोसहित हलमा लागेको छ । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।
प्रतिक्रिया 4