News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन्।
- देउवाले कांग्रेसको ठूलो पार्टी भए तापनि बहुमत नभएकोले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए।
- उहाँले समावेशी संविधान र विकासका कार्यहरूलाई प्राथमिकता दिने र गठबन्धनको आवश्यकता रहेको बताए।
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन,’ सभापति देउवाले भने, ‘…अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ । विकासको कुरालाई अघि बढाउँछौं ।’
सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उनले उल्लेख गरे ।
‘बहुमत नभएको पार्टीले कसै न कसैसँग गठबन्धनको सरकार बनाउन आवश्यकता र बाध्यता छ । अहिले एमाले एमालेसँगको सरकार छ । ओलीजी पनि दुःख पाएकै व्यक्ति हो । हामी जेलमा सँगै बसेका थियौं । जेलभित्रको गोलघरमा हुनुहुन्थ्यो,’ सभापति देउवाले भने ।
त्यस्तै सभापति देउवाले २०५२ सालमा आफु प्रधानमन्त्री हुँदा सांसदहरुलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे ।
प्रतिक्रिया 4