
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ, उनी ७२ वर्षको थिए।
- उनी मुटु र मिर्गौला रोगबाट पीडित थिए र आज बिहान निधन भएको हो।
- बुढाथोकीले दमकको विकास र सामाजिक सेवामा महत्वपूर्ण भूमिका निभाएका थिए।
३ जेठ, दमक (झापा) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन् ।
उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4