
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धनको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।
- संसदीय दलको बैठकले सरकार परिवर्तनको योजना नभएको र बजेट वितरण र सन्तुलित विकासमा केन्द्रित छलफल गरेको थियो।
- सामाजिक र राजनीतिक भेटघाटहरू संयोग मात्र भएको भन्ने महतले बताएका छन्।
३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ ।
शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताएका हुन् ।
‘माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन । सरकार परिवर्तनको कुरौ सोच र योजना छैन,’ उनले भने । गभर्नर, बजेट लगायतका विषयमा सांसदहरूले चासो राखेको उनले बताए ।
‘गभर्नरको विषय पनि उठ्यो । बजेट कसरी वितरण हुन्छ । सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुरा पनि अयो । सन्तुलित विकास हेरेर बजेट बन्नुपर्यो भन्ने आयो,’ उनले भने ।
त्यस्तै, संसद् भवन परिसरमै पार्टी प्रवक्ता समेत रहेका सांसद प्रकाशशरण महतलाई सञ्चारकर्मीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टेलिफोन संवादबारे सञ्चारकर्मीले प्रश्न गरेका थिए ।
जवाफमा उनले भनेका छन्, ‘संयोग मात्रै हो । शेरबहादुरजीकै जिल्लामा गएको बेलामा गरौं भन्ने लागेको मात्रै होला । पहिला ओलीजीले गर्नुभएको थियो मलाई पनि गरौं भन्ने लागेको होला ।’
उनले उपमहासचिव जनार्दन शर्मा र सभापति देउवाबीच भएको भेटवार्तापनि संयोग भएको बताए ।
‘जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन,’ उनले भने ।
उनका अनुसार, आजको बैठकमा गभर्नर नियुक्ति, बजेट वितरण, सन्तुलित विकास, कांग्रेसको सरकारमा पोजिसन लगायतका विविध विषयमा छलफल भएको थियो ।
उनले आफ्नो दलका कुराहरू यथेष्ठ सुनिएनन् भनेर सांसदहरूले उठाएका विषयहरू स्वभाविक रहेको पनि बताए ।
‘हाम्रा कुराहरू यथेष्ट सुनिएन कि भन्नु स्वभाविक हो,’ महतले भनेका छन् ।
प्रतिक्रिया 4