
News Summary
Generated by OK AI. Editorially reviewed.- परेश रावलले सामाजिक संजालमार्फत बताएका छन् कि उनी ‘हेराफेरी ३’ मा नहुने निर्णय रचनात्मक भिन्नताका कारण होइन।
- फ्यानहरूले अभिनेता रावलको अनुपस्थितिमा फिल्म नदेख्ने र फिल्म अधूरो हुने प्रतिक्रिया दिएका छन्।
- निर्देशक प्रियदर्शनले ‘हेराफेरी ३’ को घोषणा गरेपछि यस फ्रान्चाइजीको तेस्रो भागमा अक्षय कुमार र परेश रावलको सहभागिता महत्वपूर्ण रहेको चर्चा छ।
काठमाडौं । बलिउड फिल्म ‘हेराफेरी’मा राजु, घनश्याम र बाबुरावको त्रिकुट जोडीलाई निकै रुचाइयो । दर्शकले यो फ्रेन्चाइजीको तेस्रो श्रृंखलालाई उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए । तर, यसबीच नयाँ खबर छ ।
फिल्ममा बाबुराव पात्रको भूमिका निर्वाह गर्ने अभिनेता परेश रावल तेस्रो श्रृंखलामा हिस्सा नहुने भएका छन् । उनले सामाजिक संजाल एक्समार्फत यसको पुष्टि गरेका छन् ।
उनी लेख्छन्, ‘म यो रेकर्डमा राख्न चाहन्छु कि हेरा फेरी ३ बाट बाहिरिने मेरो निर्णय रचनात्मक भिन्नताका कारणले भएको थिएन । म दोहोर्याउँछु कि फिल्म निर्मातासँग कुनै रचनात्मक भिन्नता छैन । मलाई फिल्म निर्देशक प्रियदर्शनप्रति माया, सम्मान र विश्वास छ ।’
अभिनेता रावलको यो निर्णयबाट फ्यान दुखित भएका छन् । उनको पोस्टमा सबैले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘तिमी बिना हेराफेरी हुँदैन ।’ अर्का फ्यानले त आफू फिल्मको हिस्सा नभएको खण्डमा फिल्म नहेर्ने पनि बताए । एक फ्यानले लेखे, ‘सर, तपाईं बिना यो फिल्म अधुरो हुनेछ ।’
यसअघि सुनिल शेट्टीले भनेका थिए कि यदि बाबु भैया (परेश रावल) र राजु (अक्षय कुमार) ’हेरा फेरी ३’ मा छैनन् भने श्याम (सुनील शेट्टी) को पनि कुनै अस्तित्व छैन । उनले यो पनि भनोक थिए कि, यदि ती मध्ये एउटा पनि हटाइयो भने पनि फिल्म चल्दैन ।
यसवर्ष सन् २०२५ को सुरुमा निर्देशक प्रियदर्शनले ‘हेरा फेरी ३’ को घोषणा गरेका थिए । परेश रावलभन्दा पहिले अक्षय कुमार पनि यस फिल्मको हिस्सा थिएनन्, तर त्यसपछि उनी यस फ्रान्चाइजीको तेस्रो भागमा फर्किए ।
प्रतिक्रिया 4