+
+
Shares

बालेनले दिएको जिम्मेवारी रास्वपा वडाध्यक्षले लिइन्, कांग्रेस-एमालेले लिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले तोकेका ३ वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरे।
  • उनीहरूले कार्यपालिकाले अनुमोदन नगरेको कारण जिम्मेवारी नस्वीकारेको पत्र लेखेका छन्।

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) साहले विषयगत समिति संयोजक तोकिएका ३ वडाध्यक्षले जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

बालेनले यसअघि ४ वडाध्यक्षलाई समिति संयोजकबाट हटाएर अन्य ४ वडाध्यक्षलाई जिम्मेवारी दिएका थिए ।

१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए । मानन्धर, तिवारी र संगत कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् भने महर्जन एमालेबाट निर्वाचित हुन् ।

उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए ।

बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समिति संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको बताएका थिए ।

तर, नयाँ तोकिएको समिति संयोजकमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठबाहेक कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रजापति र कार्की तथा एमालेबाट निर्वाचित राजभण्डारीले भने बालेनले दिएको समिति संयोजकको जिम्मेवारी अस्वीकार गरे ।

कार्यपालिकालाई देखाए कारण

समिति संयोजक अस्वीकार गरेका वडाध्यक्षहरूले मेयर बालेनलाई पत्र लेख्दै कार्यपालिकालाई कारण देखाएका छन् । उनीहरूले संयुक्त रूपमा बालेनलाई लेखेको पत्रमा कार्यपालिकाले अनुमोदन नगरिएको भन्ने तर्क गरिएको छ ।

‘विषयगत समिति संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिने हुँदा तत्–तत् तोकिएको जिम्मेवारीमा नरहने’ पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?