+
+
Shares

मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमा रोक

आयोगले सोमबार १२ बजेको समय दिएको छ,’ नविनले भने,‘सोमबार छलफलको पूर्वतयारीका लागि आइतबार आयोगका पदाधिकारीसँग छलफल गर्न सिंहदरबार गएका हामीलाई भित्र जानै दिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटर ब्याज पीडितहरू आइतबार सिंहदरबार प्रवेश गर्न नपाएको र उनीहरूले नयाँ आयोग गठनको जानकारी पाएपछि छलफल गर्न खोजेको बताए।
  • आयोगले पीडितसँग सम्पर्क नगरेको र सुरक्षाकर्मीले परिचयपत्र नभएको भन्दै प्रवेश रोकिएको उनले बताए।
  • गृह मन्त्रालयको सम्पर्क नहुँदा पीडितहरूले आयोगसँग छलफल गर्न असमर्थता व्यक्त गरे।

४ जेठ, काठमाडौं । मिटर ब्याज पीडितलाई आइतबार सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सरकारले नयाँ गठन गरेको जाँचबुझ अयोगका पदाधिकारीलाई भेट्न सिंहदरबारको पुगेका मिटर ब्याज पीडित दक्षिण गेटबाटै फिर्ता भएका हुन् ।

उनीहरु करिब ३ घण्टासम्मको पर्खाइ पछि फिर्ता हुनु परेको मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनले जानकारी दिए । सरकार परिवर्तनसँगै मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोग पनि नयाँ गठन हुने गरेको छ । अहिले सरकारले पुर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोग गठन गरेको करिब २ महिनासम्ममा पनि आयोगले पीडितसँग सम्पर्क नगरेको मिटरब्याजविरुद्ध उनले बताए । पीडितले नयाँ आयोग गठन भएको जानकारी पाएपछि आफैले पहल गरेर आयोगका पदाधिकारीसँग छलफल गर्ने प्रयास गरेको नविनले बताए । ‘आयोगले सोमबार १२ बजेको समय दिएको छ,’ नविनले भने,‘सोमबार छलफलको पूर्वतयारीका लागि आइतबार आयोगका पदाधिकारीसँग छलफल गर्न सिंहदरबार गएका हामीलाई भित्र जानै दिएनन् ।’

आयोगले भित्रबाट पीडितलाई प्रवेश पास पठाएको भए पनि सुरक्षाकर्मीले परिचयपत्र नभएको भन्दै रोकेको नविनले अनलाइखबरलाई बताए । सुरक्षाकर्मीले नागरिकताको सफ्ट कपी देखाउँदा सक्कली नागरिकता नै चाहिने भन्दै प्रवेशमा रोक लगाएको उनको गुनासो छ ।

पास पठाउने सन्दर्भमा पनि आयोगले संख्या तोकेको भन्दै उनले भने,‘सरकारले अहिले तेस्रो आयोग गठन गरेको छ, यसभन्दा अघिका आयोगको गठन तथा विगठन तथा के कति काम भए भन्ने कुनै पनि जानकारी छैन। त्यही जानकारीका लागि आइतबार जान खोजेका थियौं।’

विगतका आयोगबाट के कति काम भए भनेर बुझ्न र सोमबार हुने भनिएको छलफलको पुर्व तयारी गर्न आयोगका पदाधिकारीसँग भेट्न खोजेको भनाइ छ । गृह मन्त्रालयका प्रवक्तालाई बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको उनले बताए ।

‘सुरक्षाकर्मीले नागरिकता नभएको भन्दा पनि हामीलाई आज भेट्न नदिने गृहको योजना थियो। त्यही अनुसार सुरक्षाकर्मीले आदेशको पालना गरे।’ उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?