
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको छ।
- मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए । रमेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- प्रहरीले बताए अनुसार, कुकुरलाई जोगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
५ जेठ, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।
प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4