
News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ।
- प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले दिउँसो एक बजे बैठक बस्ने जानकारी दिए।
- गत शुक्रबार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो।
५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ ।
त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार जेठ २ गतेको मन्त्रिपरिषद बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4