+
+
Shares

३ करोड बढीको कृषि औजार बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले झापामा भारतीय नाका हुँदै अवैध रूपमा ल्याइएका तीन कन्टेनरबाट कृषि औजार र बाली काट्ने मेसिन बरामद गरेको छ।
  • बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्दा प्रहरीले कन्टेनरहरू नियन्त्रणमा लिएको हो।
  • प्रहरीले बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ।

५ जेठ, काठमाडौं । झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रूपमा ल्याइएका सामान बरामद भएको जानकारी दिए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको हो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार थिए । बरामद अवैध सामान र कन्टेनरलाई सोमाबर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?