+
+
Shares

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका चार सांसदसहितको गाडी मोरङमा दुर्घटनामा परेको छ।
  • दुर्घटना सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा भएको हो।
  • दुर्घटनामा सवारी चालक डीएसपी खगेन्द्र खड्का र सांसदहरू सामान्य अवस्थामा रहेका छन्।

५ जेठ, विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको हो ।

सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

बा५च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । अर्को गाडीको चालक भेशराज श्रेष्ठ हुन् । सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?