+
+
Shares

‘फोर्ब्स ३० अन्डर ३० एसिया’को सूचीमा अनन्या पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘फोर्ब्स ३० अन्डर ३० एसिया’ सन् २०२५ को सूचीमा अनन्या पाण्डे र इशान खट्टर समावेश भएका छन्।
  • अनन्याले फिल्म र फेसन क्षेत्रमा सफलता हासिल गरेकी छन् र ‘च्यानल’को पहिलो भारतीय ब्रान्ड एम्बेसडर बनाइन्।
  • इशानले विभिन्न फिल्म र कार्यक्रमबाट आफ्नो छाप छोडेका छन् र ‘३० अन्डर ३० एसिया’ मा चौथो भारतीय हुन्।

काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता इशान खट्टरको नाममा एउटा ठूलो उपलब्धि थपिएको छ । ‘फोर्ब्स ३० अन्डर ३० एसिया’को सन् २०२५ को सूचीमा ६ भारतीय समावेश छन् । जसमध्ये ४ नाम फिल्म र संगीत क्षेत्रका छन् ।

प्रतिष्ठित बिजनेस म्यागजिनले फोर्ब्सले यी सेलिब्रेटीलाई ३० वर्ष मुनिका नयाँ उद्यमीको सूचीमा समावेश गरेको छ । चंकी पाण्डे र भावना पाण्डेकी छोरी अनन्याले सन् २०१९ मा ’स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरेकी थिइन् ।

सुरुमा अनन्यालाई उनको अभिनय कौशलका लागि ट्रोल गरिएको थियो, तर ’पति पत्नी और वो’ (२०१९), ’खो गए हम कहाँ’ (२०२३), सीटीआरएल (२०२४), ’कल मी बे’ (२०२४) र अब ’केसरी च्याप्टर २’ (२०२५) मा उनको भूमिकाको लागि प्रशंसा गरिएको छ ।

त्यस्तै, राजेश खट्टर र नीलिमा अजीमका छोरा इशानले पनि ’बियोन्ड द क्लाउड्स’ (२०१७), ’धडक’ (२०१८), ’पिप्पा’ (२०२३), ’अ सुटेबल ब्वाय’ (२०२०), ’द पर्फेक्ट कपल’ (२०२४) र अब ’द रोयल्स’ (२०२५) जस्ता फिल्म र कार्यक्रमबाट आफ्नो छाप छोडिसकेका छन् ।

अनन्यालाई यसैसाता फ्रान्सेली लक्जरी फेसन हाउस ’च्यानल’को पहिलो भारतीय ब्रान्ड एम्बेसडर बनाइएको छ । अनन्याको लोकप्रियता पनि धेरै बढेको छ । इन्स्टाग्राममा उनलाई २ करोड ५९ लाखभन्दा बढी प्रयोगकर्ताहरूले फलो गर्छन् । फिल्म निर्माता सुलग्ना चटर्जीको नाम पनि सूचीमा छ ।

उनले नेटफ्लिक्सको लागि ’फिल्स लाइक इश्क’ र जियो स्टुडियोको लागि ’कोड एम’ बनाएकी छिन् । गायक तथा गीतकार अनुव जैन ’३० अन्डर ३० एसिया’ सूचीमा चौथो भारतीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?