
५ जेठ, काठमाडौं । अनलाइनखबरकर्मी रघुनाथ बजगाईंलाई पितृशोक परेको छ ।
बजगाईंका पिता ईश्वरीप्रसाद बजगाईंको मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ आग्रा देउखेलस्थित निवासमा सोमबार दिउँसो निधन भएको हो ।
७२ वर्षीय बजगाईं लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उनका श्रीमती, ७ छोरा र २ छोरी छन् ।
अनलाइनखबर परिवार बजगाईंप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4