
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा ७ देखि १२ जेठसम्म मेलाको आयोजना गर्ने घोषणा गरेको छ।
- मेलामा ग्राहकले पुरानो सवारी साटेर नयाँ टीभीएस सवारी किन्ने अवसर र विभिन्न अफरहरू प्राप्त गर्न सक्नेछन्।
- प्रि–बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ उपहार र न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकन सुनिश्चित गर्न सक्नेछन्।
काठमाडौं । नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।
उक्त मेला ७ देखि १२ जेठसम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।
मेला सुरु हुनु अगाडि ६ जेठसम्म नयाँ टीभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबर उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहक अझ लाभदायक बनाउने कम्पनीको भनाइ छ ।
मेला अवधिभरि ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँसम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता सहित मेलामा सबैभन्दा उच्च मूल्यांकनको विश्वस्तता दिइने छ ।
साथै, ग्राहकले ८ हजार रुपैयाँसम्मको नगद छुट १० हजारसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ ।
नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरमात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ ।
आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेल, एयर कन्डिसन हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् ।
प्रतिक्रिया 4