+
+
Shares

कविता नेपालीले आरोहण गरिन् सगरमाथा र ल्होत्से

एकदिनको फरकमा ८ हजार मिटरमाथिका दुई हिमाल आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री तथा डान्सर कविता नेपालीले सगरमाथा र ल्होत्से आरोहण गरेकी छन्।
  • कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन्।
  • उनले ८८४८ मिटरको सगरमाथा र ८५१६ मिटरको ल्होत्से आरोहण गरे।

काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट पुष्टि गरेको छ ।

एलिट एक्सिपीडिसन चर्चित आरोही निर्मल पूर्जाको कम्पनी हो । कविताले गतसाता नै सगरमाथाको क्याम्प २ को फोटो सार्वजनिक गरेकी थिइन् ।

कवितासहितका अन्य आरोहीले ८८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा र ८५१६ मिटर उचाइको ल्होत्से आरोहण गरेका छन् । गतसातादेखि वसन्तकालिन आरोहण सुरु भएको छ । आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।

साहसिक गतिविधिमा रुचि राख्ने कविता चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।

यसअघि अभिनेत्रीद्वय निशा अधिकारी र दीया पुनले पनि सगरमाथा आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?