+
+
Shares

धेरै मेकअप लगाएकी महिलालाई विमानस्थलको मेसिनले नचिनेपछि…

एजेन्सी एजेन्सी
२०८२ जेठ ६ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत साता चीनको शाङ्घाई विमानस्थलमा एउटा भिडियो भाइरल भयो जसमा युवतीको मेकअप पुछ्न विमानस्थल कर्मचारीले निर्देशन दिइन्।
  • भिडिओमा देखिएको महिलाको परिचयपत्र र बोर्डिङ पास अनुसार त्यो घटना गत वर्षको सेप्टेम्बरको हो र सामाजिक सञ्जालमा अहिले चर्चा भएको छ।
  • कर्मचारीले युवतीलाई आफ्नो अनुहारको मेकअप पुछ्न भनेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका छन्, कतिले सहानुभूति र कतिले आलोचना गरेका छन्।

गत साता चिनियाँ सामाजिक सञ्जालमा एउटा छोटो भिडिओ भाइरल भयो । त्यस भिडियोमा एकजना युवतीलाई विमानस्थलका कर्मचारीले गाली गरिरहेका थिए र उनले आफ्नो अनुहारको बाक्लो मेकअप पुछ्नका लागि भिजेको कागज (वेट वाइप) प्रयोग गर्दै थिइन् ।

ती महिलाको परिचयपत्रसँगै देखिएको बोर्डिङ पास अनुसार उक्त भिडिओ गत वर्षको सेप्टेम्बरमा शाङ्घाई विमानस्थलमा खिचिएको हो । उक्त भिडियोले बल्ल अहिले आएर चर्चा कमाएको छ र त्यसप्रति सबैको ध्यानाकर्षण भएको छ ।

भिडिओमा क्यामेरा समातेकी महिला सम्भवतः विमानस्थलकी कर्मचारी हुन् । उनले मेकअप लगाएकी ती युवतीलाई गाली गर्दै आफ्नो अनुहार परिचयपत्रमा देखिएको तस्वीरजस्तै देखिने बनाउन र अनुहारमा दलेको सबै मेकअप पुछ्न निर्देशन दिइरहेकी छन् ।

ती महिलाले सोध्छिन्- आफ्नो पासपोर्टको तस्वीरजस्तो नदेखिउन्जेल अनुहारको सबै मेकअप पुछ । आफैंलाई समस्यामा पार्ने गरी किन त्यस्तो मेकअप गरेकी तिमीले ?

आफ्नो अनुहारको मेकअप पुछेपछि ती युवतीले पुनः स्क्यानरमा आफ्नो अनुहार देखाएर विमानस्थलको सेक्योरिटी पार गरिन् कि गरिनन् भन्ने चाहिँ खुलेको छैन ।

अत्यधिक मेकअप लगाएर जाँदा विमानस्थलको सेक्योरिटी स्क्यानरले अनुहार नै नचिनेको यो घटनाका विषयमा सामाजिक सञ्जालमा अनेक खालका टिप्पणीहरु देखिए ।

कतिपयले ती युवतीमाथि खिसिट्युरी गरे भने कतिले उनीप्रति सहानुभूति व्यक्त गरेका छन् ।

कतिपयको आशंका चाहिँ आधुनिक खालको अनुहार पहिचान प्रणालीलाई अनुहारमा लगाउने मेकअपले समेत निस्तेज पारिदिन सक्दो रहेछ भनेर आश्चर्य व्यक्त गरे ।

एकजनाको टिप्पणी थियो- जति बाक्लो मेकअप भए पनि अनुहार नै नचिनिने हुने त होइन होला नि ! होइन र ? अब त उपकरण अपग्रेड गर्ने बेला भएको छैन र ?

स्मरण रहोस् केही समयअघि चीनमा यस्तै अनौठो घटनाको बारेमा समाचार आएका थिए । जस अनुसार अनुहारमा प्लास्टिक सर्जरी गराउन दक्षिण कोरिया गएका केही चिनियाँ महिलाहरु सर्जरी गराएर स्वदेश फर्किंदा विमानस्थलमा मेसिनले अनुहार नै पहिचान गर्न नसकेको र त्यसले देश प्रवेशमा समस्या उत्पन्न भएको थियो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?