+

आईपीएलका बाँकी लिग खेलमा पनि २ घण्टा अतिरिक्त समयको व्यवस्था

२०८२ जेठ  ६ गते १९:२३ २०८२ जेठ ६ गते १९:२३
आईपीएलका बाँकी लिग खेलमा पनि २ घण्टा अतिरिक्त समयको व्यवस्था

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२५ को बाँकी खेलहरूमा वर्षाका कारण खेल स्थगित भए पनि २० ओभर पुरा गर्न २ घण्टा अतिरिक्त समय व्यवस्था गरिएको छ।
  • अहिले सम्म तीन खेल वर्षाका कारण रद्द भएका छन् र केही खेल छोट्याएर सम्पन्न भएका छन्, जसमा दुई खेल रद्द र एक खेल छोट्याइएको छ।
  • बेंगलुरुको अन्तिम घरेलु खेल अब लखनउमा हुने भएको छ, किनभने भारी वर्षाका कारण बेंगलुरुमा खेल गर्न सकिँदैन।

६ जेठ, काठमाडौं । आईपीएल २०२५ को बाँकी लिग खेलहरूमा वर्षा हुँदा पनि पुरा २० ओभरको खेल खेलाउने उद्देश्यले प्रत्येक खेलमा २ घण्टा अतिरिक्त समयको व्यवस्था गरिने भएको छ ।

सामान्यतया यस्तो अतिरिक्त समय प्लेअफका लागि मात्रै राखिँदै आएकोमा यसपटकको लिग एक हप्ता स्थगित भएपछि र भारतमा मनसुन सुरु भएकाले बाँकी ९ खेलमा यो व्यवस्था लागू गरिएको हो।

८ वटा खेल बेलुका हुने छन् भने गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको खेल मात्र दिउँसो मे २५ मा खेलिनेछ। अब दिउँसोको खेल बेलुका ५:४५ बजेसम्म सुरु भए पनि पुरा खेल गर्न सकिनेछ भने बेलुकाको खेल राति ९:४५ बजेसम्म भएपनि ओभर नघटाइ सुरु गर्न मिल्नेछ।

अहिलेसम्म तीन खेल वर्षाका कारण रद्द भएका छन्, जसमा दुबै टोलीले एक-एक अंक बाँडेका छन्। दुई खेल छोट्याएर सम्पन्न भएका छन्।

कोलकातामा भएको पञ्जाब र कोलकाता बीचको खेल पहिलोपटक वर्षाका कारण रद्द भयो। त्यसपछि हैदराबाद र दिल्लीबीचको खेल हैदराबादमा रद्द भयो।

लिग पुनः सुरु भएपछि भएको बेंगलुरु र कोलकाताको खेल पनि वर्षाले प्रभावित भयो र खेल सुरु नै हुन सकेन।

त्यसैगरी, बेंगलुरुमा भारी वर्षाको पूर्वानुमानका कारण बेंगलुरुको मे २३ मा हुने अन्तिम घरेलु खेल अब लखनउमा हुने भएको छ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय