+

आईपीएलको प्लेअफका खेलहरू न्यू चण्डीगढ र अहमदाबादमा हुने

२०८२ जेठ  ६ गते १८:३७ २०८२ जेठ ६ गते १८:३७
आईपीएलको प्लेअफका खेलहरू न्यू चण्डीगढ र अहमदाबादमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का प्लेअफ खेलहरू स्थान परिवर्तन गरी नयाँ स्थानहरूमा आयोजना हुने भएका छन्।
  • प्लेअफका खेलहरू मुल्लानपुर र अहमदाबादमा हुने तय भए पनि मौसम र प्राविधिक कारणले स्थान परिवर्तन गरिएको हो।
  • हालसम्म पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्लेअफमा पुगेका छन् ।

६ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का प्लेअफ खेलहरू अब न्यू चण्डीगढ (मुल्लानपुर) र अहमदाबादमा हुने भएका छन् ।

यसअघि हैदराबाद र कोलकातामा हुने तय गरिएको प्लेअफका खेलहरू मौसम र अन्य प्राविधिक कारणहरूका आधारमा स्थान परिवर्तन गरिएको हो।

पुन: संशोधित तालिकाअनुसार, क्वालिफायर १ मे २९ मा मुल्लानपुरमा हुनेछ भने एलिमिनेटर खेल मे ३० मा त्यही मैदानमा खेलिनेछ।

त्यसपछि क्वालिफायर २ जुन १ मा र फाइनल खेल जुन ३ मा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।

यसपटक पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्लेअफमा पुगिसकेका छन्। चौथो स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा जारी छ। मुल्लानपुर पञ्जाबको घरेलु मैदान समेत हो ।

यस्तै, दक्षिण भारतमा मौसम प्रतिकूल रहेकाले रोयल च्यालेन्जर्स बेंगलुरुको मे २३ मा हुने सनराइजर्स हैदराबादसँगको अन्तिम घरेलु खेल पनि बेंगलोरबाट स्थानान्तरण गरी लखनउमा सारिएको छ।

अब बेंगलुरुले आफ्नो अन्तिम दुई खेल लखनउस्थित एकना स्टेडियममा खेल्नेछ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय