News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले शहीद स्मारक बी डिभिजन लिगको १३औं चरणको खेल तालिका र स्थान सार्वजनिक गरेको छ ।
- अन्तिम चरणको खेल जेठ ७ देखि ९ गतेसम्म हुनेछ । जसमा तीन खेल दशरथ रंगशालामा हुनेछन् ।
- ए डिभिजनमा बढुवा पक्का गरिसकेको प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले आ-आफ्नो अन्तिम खेल दशरथ रंगशालमा खेल्नेछन् ।
६ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको १३औं तथा अन्तिम चरणको तीन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार १३औं चरणको खेलतालिका, स्थान र समय सार्वजनिक गरेको हो ।
जसअनुसार बी डिभिजनबा६ ए डिभजनमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले आफ्नो अन्तिम खेल दशरथ रंगशालमा खेल्नेछन् ।
लिगको अन्तिम दिन जेठ ९ गते प्लानिङ ब्वाइजले रेलिगेसनमा परेको टुसाल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । त्यही दिन लिगकै अन्तिम खेल श्री भगवती क्लब र सरस्वती क्लबीच दशरथ रंगशालमा खेल हुनेछ ।
यस्तै जेठ ८ गते बाँसबारी युथ क्लब र ब्वाइज युनियन क्लबबीच दशरथ रंगशालमा खेल हुनेछ । जेड ८ गते नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसिटी र श्री कुमारी तथा ब्रिगेड ब्वाइज क्लब र वीरगंज युनाइटेडबीच खेल हुनेछ ।
१३औं चरणको सुरुवाती दुई खेल जेठ ७ गते बुधबार एन्फा कम्प्लेक्समै हुनेछ । जहाँ नयाँबस्ती युथ क्लबले मध्यपुर युथ एसोसिएसनसँग र च्यासल युथ क्लबले झापा फुटबल क्लबसँग खेल्नेछ ।
प्रतिक्रिया 4