+
+
Shares

युनेस्कोको युवा केन्द्रित मिडिया साक्षरता तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनेस्कोले नेपालका युवाहरूमाझ सञ्चारमाध्यम र सूचना साक्षरताका लागि २५ संस्थालाई मिडिया साक्षरता तालिम दिएको छ।
  • तालिमले तथ्य जाँच, पारदर्शिता र डिजिटल दायित्वमा काम गरिरहेका युवालाई लक्षित गरेको हो।
  • युनेस्कोका प्रतिनिधि र युथ इनोभेसन ल्याबले युवाहरूको लोकतन्त्र र पारदर्शिता प्रवर्द्धन गर्न तालिम आयोजना गरेको बताए।

६ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले युवा केन्द्रित संस्थालाई मिडिया साक्षरता तालिम दिएको छ ।

नेपालका युवाहरूमाझ सञ्चारमाध्यम र सुचना साक्षरता वृद्धिको उद्देश्यले युथ इनोभेसन ल्याबसँगको सहकार्यमा २५ संस्थाका प्रतिनिधिलाई साक्षरता तालिम दिएको हो ।

तथ्य जाँच, पारदर्शिता, डिजिटल दायित्वका क्षेत्रमा काम गरिरहेका युवा केन्द्रित संस्थालाई तालिम प्रदान गरिएको थियो ।

युनेस्कोका नेपाल प्रतिनिधि जेको डु टोएटले युवाहरू लोकतन्त्र र पारदर्शिताका प्रवर्द्धक रहेकाले विज्ञहरूको सहभागितामा उनीहरूलाई प्रभावकारी तालिमको आयोजना गरिएको बताए ।

युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवाहरूमाझ आलोचनात्मक चेत विकास र तथ्य खपत सहित डिजिटल शीप विकासका लागि तालिम सहयोगी रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?