+
+
Shares

कसैले चाहँदैमा सरकार ढल्दैन : एमाले महासचिव पोखरेल

एमाले महासचिव शंखर पोखरेलले सत्तागठबन्धनमा असमझदारी नभएकाले २०८४ मा हुने आमनिर्वाचनसम्म नै गठबन्धन कायम रहने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते ११:०१
नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेल भन्छन्- सरकार ढल्ने हल्ला निराधार हो ।
  • एमाले–कांग्रेसको वर्तमान गठबन्धन आगामी चुनावसम्म कायम रहने उनको भनाइ छ ।
  • उनले कुनै दलसँग सरकार बन्न आवश्यक बहुमत नहुँदा गठबन्धन बाध्यता बनेकाे बताएका छन् ।

७ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार रहेको बताएका छन् ।

प्रेस चौतारी दाङ शाखले बुधबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताएका हुन् ।

‘सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार ढल्दैन । कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छ,’ महासचिव पोखरेलले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन । त्यसैले यो गठबन्धन २०८४ को चुनावसम्म नै जान्छ ।’

प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको उनको भनाइ छ । ‘कसैको बहुमत नभएकाले दलहरूबीच गठबन्धन गर्नु पर्ने बाध्यता नै हो,’ उनले थपे, ‘यस्तो बेलाको सरकार एक दलको नीतिमा आधारित हुँदैन । सामूहिक नीति र भावनाअनुसार चल्छ । अहिले त्यही भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?