
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित भएको छ।
- सर्वोच्च अदालतले बुधबारको सुनुवाइ स्थगित गरी अर्को मिति तोकेको छैन।
- न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा र बालकृष्ण ढकाल छुट्टै इजलासमा रहेका कारण सुनुवाइ स्थगित भएको हो।
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।
मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।
रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।
सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति तोकेको छैन ।
प्रतिक्रिया 4