+
+
Shares

रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आजका लागि हेर्दाहेर्दैमा राख्यो।
  • मंगलबार न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो।
  • सर्वोच्चले सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दै राख्ने निर्णय गर्यो।

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने मागसहित दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बुधबार पनि निरन्तर सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन ।

मंगलबार दिनभरजसो सुनुवाइ चलेको थियो । यद्यपि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा सुनुवाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?