+
+
Shares

विराटनगरको बजेट खर्च एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिकाले १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ।
  • महानगरले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ।
  • आम्दानीको लक्ष्य यस वर्ष १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

७ जेठ विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणमा १० महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो ।

१० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेकाे छ ।

यस्तै, पदाधिकारीको सुविधाका लागि एक करोड ५३ लाख १८ हजार र पदाधिकारीको बैठक भत्तामा लागि ६ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । अन्य भत्ताको शीर्षकमा दुई करोड ११ लाख ५८ हजार १३४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले करार सेवा शुल्क शीर्षकमा ४ करोड ३९ लाख ५४ हजार १४५ रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको महानगरपालिकाले सडक तथा पुल निर्माणमा १८ करोड १३ लाख ३९ हजार ६०८ रुपैयाँ खर्च गरेको छ । यो शीर्षकमा ७१ करोड ८४ लाख २८ हजार रपैयाँ बजेट विनियोजन भएको थियो । अन्य सार्वजनिक निर्माणमा विराटनगर महानगरपालिकाले एक करोड ६६ लाख ९५ हजार ४०२ रुपैयाँ खर्च गरेको छ ।

जेठ ५ गतेसम्म विराटनगर महानगरपालिकाले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । महानगरले सम्पत्ति करबापत १३ करोड ४३ लाख ७ हजार र मालपोत कर बापत एक करोड २४ लाख ५ हजार १९७ रुपैयाँ आम्दानी गरेको हाे ।

गतवर्ष महानगरले ६१ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरको आम्दानीको लक्ष्य एक अर्ब १० करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?