
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माताले आगामी फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’ निर्माण गर्ने घोषणा गरे।
- सशान कँडेलले निर्देशन गर्ने यस फिल्मको मुख्य कलाकार पदम तामाङ र सन्तोष बानियाँ तय भए।
- फिल्मले दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको अन्तरलाई केन्द्र बनाउने बताइएको छ।
काठमाडौं । २०८१ सालको व्यवसायिक सफल फिल्म ‘होस्टेल ३’का निर्माताले आगामी फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’ बनाउने भएका छन् ।
पुस्तान्तर (जेनेरेसन ग्याप)को कथावस्तुमा बन्न लागेको फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् । अहिलेसम्म पदम तामाङ र सन्तोष बानियाँ कलाकारको रुपमा तय छन् ।
यी दुवैजनाले कँडेलको अघिल्लो फिल्म ‘होस्टेल ३’बाट डेब्यु गरेका थिए । चलचित्र विकास बोर्डबाट लिएको निर्माण इजाजतको अभिलेखमा पनि यी दुई कलाकारको नाम उल्लेख छ ।
अन्य कलाकार तय हुन बाँकी छ । यो फिल्मलाई सम्मान इन्टरटेनमेन्टले निर्माण गर्नेछ । फिल्मले पुस्तान्तर अर्थात दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारबीचको अन्तरको कथा पेश गर्ने निर्देशक कँडेलले बताए ।

निर्माताले फिल्मको घोषणा पोस्टर सार्वजनिक गरेका छन् । पुस्तान्तरको कारण नेपाली समाजमा ब्याप्त टकराव र युवापुस्ताले भोगेको दुव्र्यसनको कथालाई पर्दामा उतार्न लागिएको पटकथाकार माधव शर्माले बताए ।
फिल्मले बाउ र छोराबीचको भौतिक दूरी मात्र होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरविरोधलाई केन्द्रमा राख्ने उनले बताए । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
यसअघि सम्मान इन्टरटेनमेन्टले बनाएको ‘होस्टेल ३’ले २०८१ सालमा ४ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
प्रतिक्रिया 4