
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा ग्राहकलाई १५ प्रतिशत छुट दिने सम्झौता गरेको छ।
- छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ।
- बैंकले डिजिटल माध्यम प्रयोग गर्न प्रोत्साहन गर्दै विभिन्न छुट तथा सुविधा प्रदान गर्दै आएको छ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई खाना र सफ्ट ड्रिबक्समा १५ प्रतिशत छुट पाउने भएका हुन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4