+
+
Shares

टुँडिखेलमा काठमाडौं महानगरको ‘सिप मेला २०८२’ अभिमुखीकरण कार्यक्रम

एसएमएस नपुगेकाले छनोट प्रशिक्षार्थीलाई टुँडिखेलमै जानकारी लिन आग्रह

काठमाडौँ महानगरपालिकाले आज अपरान्ह ४:०० बजे टुँडिखेलमा ‘सिप मेला २०८२’ का आवेदकमध्ये छनोट भएका प्रशिक्षार्थीहरुका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन हिजो नै एसएमएस पठाइसकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले ‘सिप मेला २०८२’ को दोस्रो संस्करण आज टुँडिखेलमा सुरु गर्‍यो।
  • कार्यक्रममा सहभागी हुन हिजो नै एसएमएस पठाइएको भए पनि प्राविधिक कारणले केही प्रशिक्षार्थीले सन्देश प्राप्त गर्न सक्दैनन्।
  • तालिम १० क्षेत्र र ४० भन्दा बढी विधामा ३० दिनसम्म सञ्चालन हुनेछ, जसमा २०,८२१ जनालाई निःशुल्क तालिम दिइने लक्ष्य छ।

७ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाले सिप मेलाको दोस्रो सस्करण ‘सिप मेला २०८२’ आज ४ बजेबाट सुरु गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले आज अपरान्ह ४:०० बजे टुँडिखेलमा ‘सिप मेला २०८२’ का आवेदकमध्ये छनोट भएका प्रशिक्षार्थीहरुका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आयोजना गर्दैछ । कार्यक्रममा सहभागी हुन हिजो नै एसएमएस पठाइसकिएको छ ।

एसएमएस पठाएका कति प्रशिक्षार्थीहरुले प्राविधिक कारण सन्देश प्राप्त नगरेको हुन सक्ने देखिएकोले प्रशिक्षार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम स्थल आएर जानकारी लिन महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनुरोध गरेका छन् ।

तालिममा सहभागी हुन इच्छा भएका तर अहिलेसम्म फाराम भर्न छुट्नु भएका महानुभावहरुलाई तालिम स्थलमा आएर अनलाइन क्युआर कोडमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको समेत अनुरोध गरेको छ ।

आजदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ ।

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

तालिमका क्षेत्र र विधा

१० वटा क्षेत्रका ४० भन्दा धेरै विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।

तालिमका लागि बुधबारसम्म करिब ११ हजारले अनलाइन फाराम भरेका छन् । अनलाइन फाराम भर्न नजान्नेलाई कार्यक्रम स्थलमा नै फाराम भर्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?