+
+
Shares

भोलि उपस्थित हुनेगरी अख्तियारबाट छुटे सहसचिव भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो।
  • उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा छाडिएको छ।
  • उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ।

७ जेठ, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि उपस्थित हुनेगरी छाडिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । अख्तियार स्रोतका अनुसार, उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा बुधबार छाडिएको हो ।

उनको साथबाट बरामद भएको फोन एवं ग्याजेटहरू प्राविधिक परिक्षणका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।

मानव तस्करी गरेको र त्यसबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा उजुरी परेपछि अख्तियारले त्रिवी अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो ।

फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार निकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?